पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज बिहान डिस्चार्ज भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकका अनुसार शाहलाई एक सातापछि फलोअपमा बोलाइएको छ ।
शाहलाई योसहित चौथो पटक हृदयघात भएको हो ।