जनमुखी साकोसद्वारा विस्तारित मञ्च तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न
दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारीले सदस्यसँग अन्तरक्रिया, सुझाव संकलन, सदस्य सम्मान तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका महिला तथा बालबालिका उपसमिति संयोजक गीता भुजेलको अध्यक्षता र उर्मिला थामीको प्रमुख आतिथ्यतामा २ वटा कार्यक्रमहरु सम्पन्न भएको हो । संस्थाका महिला शेयर सदस्यहरु सम्मिलित उक्त कार्यक्रमको पहिलो सत्रमा संस्थाका व्यवस्थापक भेषबहादुर मिजारले संस्थाको रणनीतिक योजना, बार्षिक योजना, संस्थाका उत्पादन तथा सेवाहरु, सदस्यमुखी कार्यक्रमहरुको जानकारी सहित वित्त व्यवस्थापनको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस” को अवसरमा सञ्चालिन उक्त कार्यक्रमको दोस्रो सत्रमा सदस्यहरुबाट संस्थाको विकासका लागि सुझाव संकलन गर्दै संस्थाको सदस्यता लिएको २० बर्ष र उमेर ७० बर्ष पुरा भएका २६ जना महिला शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी तथा सदस्यहरु सहित १३१ जनाको उपस्थिति रहेको थियो ।