दुख दिने मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याई दिने आँट गर्न घिसिङलाई महावीर पुनको सुझाव

काठमाडौँ । महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महावीर पुनले कुलमानलाई यस्तो सुझाव दिएका हुन् । उनले कुलमानलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताउदै त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउने उल्लेख गरेका छन् ।

उनले लेखेको कुरा जस्ताको तस्तै

कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात माइनस ९९ (negative 99) नम्बर दिन्छु । त्यसता बिबेकहिन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन। अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।😡

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *