देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको छ : सभापति देउवा
काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि रहेको बताएका छन् । सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् ।
उनले हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।