माओवादीको जागरण अभियान स्थगित

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई,मधेस जागरण अभियान स्थगित गरेको छ। फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए। पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई समीक्षा गरी केही दिनका लागि अभियान स्थगित गरेर फर्कन लागिएको ती पदाधिकारीले बताए।

धेरै चलखेल हुन थाल्यो। राजावादीहरू सलबलाउन थाले। संसदबाट त्यसको प्रतिवाद गर्नुपर्ने भयो भन्ने निष्कर्ष निकालेर फर्कन लागेका हौं । जागरण अभियान भोलि बारा, पर्सा र चितवनमा हुने तय थियो। अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्। काठमाडौं फर्केर भोलि नै बस्ने गरी पदाधिकारी बैठक बोलाइएको पनि ती पदाधिकारीले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *