अस्ट्रेलियामा आँधीमा परी १३ सैनिक घाइते

काठमाडौं । अस्ट्रेलियाली अधिकारीहरूले देशको पूर्वी तटीय क्षेत्रमा आँधी आएको बताएका छन् । अधिकारीहरूले बाढीको पानीमा एकजनाको शव फेला पारेका छन् । प्रतिकूल मौसमबीच गाडीको ठक्करबाट १३ सैनिक घाइते भएका छन् । स्थानीय समयानुसार शनिबार साँझ चक्रवात अल्फ्रेड क्वीन्सल्यान्डको राजधानी ब्रिस्बेन पुगेको थियो । अधिकारीहरूले स्थानीय बासिन्दालाई आँधीको खतरा ‘अझै समाप्त नभएको’ भन्दै घरमै बस्न र सतर्क रहन निर्देशन दिएका छन् । उक्त क्षेत्रका तीन लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण रुख र बिजुलीको तारमा क्षति पुगेको छ । सडकमा बाढीको पानी जम्मा भएको छ ।

खोजीका क्रममा शुक्रबारदेखि बेपत्ता रहेका ६१ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले शनिबार जनाएको छ । उनको कार उत्तरी न्यु् साउथ वेल्सको डोरिगोमा बाढीको पानीमा फसेको थियो । प्रहरीले भनेको छ, “यो शव तिनै बेपत्ता व्यक्तिको हो भन्ने बुझिन्छ ।” आकस्मिक सेवाका कर्मचारीले एक व्यक्ति कारबाट ओर्लिएर खोलाको किनारस्थित रुखमा चढेको देखेका थिए । तर, उद्धारकर्मी ती व्यक्तिलाई बचाउन पुग्दा पानीको बहावले उनलाई बगाइसकेको बताए । संघीय रक्षामन्त्री म्याट म्याट केओगका अनुसार, शनिबार लिस्मोरमा भएको एक दुर्घटनामा १३ सैनिक घाइते भएका छन् । यो सैनिक सवारीसाधन दुर्घटना ब्रिस्बेनबाट २०० किलोमिटर दक्षिणमा भएको हो । बीबीसीबाट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *