कृषि विकास बैंकले कर्मचारीको ७ लाखको दुर्घटना बीमा गर्ने
काठमाडौं । कृषि विकास बैंकले कर्मचारीहरूको बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६०२ जना कर्मचारीको बीमा गरिदिने भएको हो । बैंकका अनुसार बैंकमा कार्यरत स्थायी, करार तथा मासिक पारिश्रमिक गरी करिव २ हजार ६०२ कर्मचारीको २४ सै घण्टाको जाखिम व्यहोर्ने शर्तमा प्रतिकर्मचारी ७ लाख रुपैयाँका दरले १ बर्षको लागि सामुहिक दुर्घटना बीमा गरिनेछ ।
ईच्छुक बीमा कम्पनीहरूबाट के कस्ता दर रेटमा कुन कुन सुविधाहरू उपलव्ध गराउन सकिने हो सो सम्वन्धी विस्तृत विवरण उल्लेख गरी ७ दिनभित्र सिलवन्दी प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । सिलवन्दी प्रस्तावका लागि १ हजार रुपैयाँको भौचर, बीमा अन्तर्गत दिन सकिने सुबिधाहरू बैंकको जनशक्ति व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ ।