नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका नाफाबाट सेयरधीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण पारित गरेपछि सेयरधनीले पाउनेछन् ।