नेप्सेमा सीईओ बन्न १० जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन २५ फागुन साँझ ५ बजेसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि कुल १० जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा नेप्सेबाट हालै बिदा भएका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडीएस एण्ड क्लियरीङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य लगायत छन् । यस्तै नुवाकोटका बद्रि प्रसाद प्याकुरेल, सलार्हीका नारद कुमार लुइटेल, झापाका युवराज दहालले पनि आवेदन दिएका छन् ।

यस्तै काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, झापाका चुडामणि चापागाई, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका हेमन्त बस्याल र डडेलधुराका मुकुन्दराज जोशीले आवेदन दिएका हुन् । आवेदन दिने हेमन्त बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा नेप्सेको सीईओमा नियुक्त भएका कार्कीले ४ वर्षे नियुक्तिपत्र पाउनुपर्नेमा ३ वर्षको मात्रै नियुक्तिपत्र बुझेपछि कार्की गत माघबाट नै नेप्सेबाट बिदा भएका थिए । कार्की बिदा भएपछि रिक्त रहेको नेप्सेको सीईओ नियुक्तिका लागि अर्थमन्त्रालयले सहसचिवको नेतृत्वमा छनोट समिति बनाएको थियो । सोही समितिले आवेदन माग गरेकोमा १० जनाको आवेदन परेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *