पूर्वराजाको स्वागतसँगै काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । करिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ । पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्‍याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।

राप्रपाले काठमाडौंका टोल टोलमा सन्देशमूलक कार्यक्रम आयोजना गर्दै पूर्वराजाको स्वागतका लागि उपस्थित हुन अनुरोध गरेको सो पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् । उनका अनुसार सबै नगरपालिकामा पुगेर राप्रपाका कार्यकर्ताले राष्ट्रिय झन्डा लिएर विमानस्थलमा स्वागत गर्न निम्ता दिएको बताएका छन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुको आन्दोलन भएको उनीहरुको धारणा छ । यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *