पूर्वराजालाई स्वागत गर्न साढे १४ हजार मानिस सडकमा
काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले आफूहरूले साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरेको बताए । अहिलेसम्म पूर्वराजाको स्वागतमा साढे १४ हजार समर्थक सडकमा आएको अनुमान गरेका छौँ ।
अहिले म आफैँ फिल्डमै छु । पूर्वराजा निर्मलनिवास पुग्नुभएको छैन । ट्राफिक प्रहरीका अनुसार, आइतबार बिहान ११ बजेदेखि अहिलेसम्म सडकको अवस्था अस्तव्यस्त छ । पूर्वतयारी गरेरै राजावादीहरू स्वागतका लागि आइतबार त्रिभुवन विमानस्थल बाहिर पुगेका थिए । अपराह्न ४ बजे काठमाडौं पुगेका पूर्वराजालाई नारा जुलुससहित निर्मलनिवास लगिँदै छ ।