पूर्वराजा अराजनीतिमा आउने कि राजनीतिमा : प्रधानमन्त्री ओली
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भएको बताए । उनले फागुन ६ गते पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको सुनाए । फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न । ओलीले पूर्वराजाको क्रियाकलापले देश अफ्ठ्यारोमा पर्न लागेको बताए । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु ।
देश के भएको छ ? उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ । ओलीले चुनावमा साथ मागेको कि के मागेको भनी प्रश्न गरे । “म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?,” ओलीको प्रश्न छ । उनले राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताए । तर शाहले के मागेको आफूले नबुझेको बताए । ‘‘मलाई साथ देऊ, आउँछु १ कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं । अराजनीतिमा आउने कि राजनीतिमा ,” ओलीले भने, “केमा साथ माग्नुभएको ? बुझिएन । अहिले बुझिएन मात्रै भनौँ ।