पूर्वराजालाई फर्काउन राप्रपाले फेरि आन्दोलन थाल्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।

उनले भनेका छन्- 

“हिजो श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको सवारी सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

“अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गते देखि बृहत् राष्ट्रवादी अन-आन्दोलनको सुरुवात गरिँदैछ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु । जय देश!जय नरेश ! जय नेपाल।

मा.धवल शम्शेर राणा

महामन्त्री तथा संयोजक, आन्दोलन परिचालन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *