काठमाडौँमा पूर्वराजाको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको सांसद कार्कीको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन् । ‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीले आग्रह गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *