एमाले सरकार कांग्रेसको आधार
२०४६ सालको जन आन्दोलन बिभिन्न संयुक्त दलहरु मिलि एउटै रुपमा संचालन गरि जनतालाई२०४६ सफल तुल्याईएकोमा जनताहरु खुसि हुनु स्भाबिकै थियो । पञ्चायति तानाशाहिको रबैयालाई ढलाएको र राज्य व्यवस्था अब जनतामा निहित हुन्छ भन्ने जनताले वलिदान गरेकाप्रति शहिदलाई संझेर जे जस्तो आशा जनताले राखेका थिए आज ३५ बर्ष पूरा हुदां नेता वाहेक जनता खुसि हुने न्यायनै अनुभव गर्ने अवसर पाएका छैनन् । २०४६ को बहुदलपछि सरकार गठनका लागि राजावाट आह्वान सबैदलको एउटै खाकाले ५ जना भन्दा बढि सरकारमा नजाने घोषणापत्र आएको थियो । त्यसमा जनता हर्षित हुनु स्वभाव नै थियो । समयानुसार राज्य सत्ता बदलि रहेको अनुभव हामि सबैमा ताजा नै गढि रहेको छ । यता २०५२ सालदेखि देशमा माओवादी उदय भएर राज्यले अर्कै मोड लिई २०६२।०६३ मा सबैदलवाट माओवादिलाई पनि एकताको शुत्रमा बाधिं प्रचण्डको नेतृत्वमा सरकार गठन भयो, तर राज्यका अलाैकिक दृष्यका शक्तिले प्रचण्डलाई सरकारमा टिक्न दिईएन। बाध्यतापूर्वक उनले सरकार छोड्नु पर्यो । हरेक पलमा जनताका दैनिक गुजाराकालागि रोजगारि होस भनी जनताका सपना पूरा हुनुको सट्टा देशमा भएका कल कारखाना समेत बिलयन गराए। जनता निकैं नैराष्यमा गए । यता नेता आफना मान्छेदेखि भान्सेसम्मको हेर बिचार गर्नमा अघि सरेको जनताले प्रत्यक्ष देख्दै गए र जनताले धिक्कारी रहेका छन् । प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र हामी गरीबका लागि केहि भएन भनी हरपल भाव सुन्दै आयौं । यता शिक्षित तथा बिना रोजगारीका युवाहरु आफ्नो मातृभुमि छोडेर बिदेशमा रोजगारी गर्न जान सरकारले बाध्य तुल्यायो। अहिलेको अवस्थामा गाउंघरमा बुढा भएका बा आमा देखि कोहि छैनन् । कति रुन्छन । सहारा बिहिन छन् । भन्छन हामिलाई पाल्ने हाम्रो छोरा झिकाई देउँ । यो सरकारलाई धेरै धिक्कार छन् । पच्न नसक्ने अबाच्यशव्दहरुले सरकारलाई गालि गर्छन । यो कुरा सरकारका नेतृत्वगणले जिम्मा लिनु पर्छ कि पर्दैन ? आम जनताको यहि प्रश्न दोहोरी रहन्छ । यता बा आमाले सरापेका छन भने उता बिदेशमा रहेका युवाले झन उग्ररुप लिएका छन् ।किनकि मलाई बिदेश घुम्ने सौभाग्य मिलेकोले करीव ४ महिनाको बसाईमा धेरै नेपाली दाजुभाईसगँ मेलमिलाप गर्ने अवसर पाएं । र उहि हो तीन दल माओवादि,एमाले र काङ्ग्रेसलाई युवाहरुले रोएर भनेका बचन सुन्दा धेरै चित्त कुडिंने अवस्था रह्यो । देशमा आमूल परीबर्तन गर्न नसकेता पनि सिष्ठताले परिबर्तन हुनु पर्दछ भन्ने सबै जनताको भनाई रहेको छ । यस बिषयमा राज्य सत्ताधारीहरुवाट ठोस कदम चाल्न आबश्यक रहेको छ ।अहिले नेपाली काङ्ग्रेस र एमालेले देश हाँकि रहेका छन्। ठुला दुईदल मिलेर यसरी देश हाक्नु अति शाभनिय हो । तर जनताप्रति कति उत्तरदायित्व भएर बिकास निर्माण भएको छ त्यसमा दुईदलका नेताहरु आफैले जानि रहेको होलान् । राज्य सञ्चालन गर्न कठिन होला ,जनताका बाचा पूरा कसरी गर्ने भन्ने बुझेकै भएर नै ठुला दल मिलेर साना दललाई पन्छाईएकोले अब जनताले अनुभूति हुने सेवाभाव आउँछ भन्ने आशा रहेको थियो । यसमा जनताले आगामि चुनाव सोचि रहेकाछन । अब नेपाली काङ्ग्रेसले हाम्रो होईन राम्रोलाई लगाम दिदै जानु सहज हुनेछ । नेपाली काङ्ग्रेस उच्च पार्टि र बलियो धेरै सिट जनताले दिएर पठाएकोमा राष्टिय हितका लागि एमालेलाई साथ दिएर जसरी अगाडि वढी रहेको छ, त्यसरि नै जनताकालागि अनुभूति हुने कार्य नभएको निस्कर्ष सवैले व्यक्त गरि रहेका छन् । यसरी एमाले सरकार काङ्ग्रेस आधार मात्र हुने हो भने आगामि २०८४ को चुनावमा जनताले अपवाद फैलाउने छन् भन्ने मैले व्यापक जनगुनासा सुनेको छु । यहाँहरुले पनि सुनी रहेकै होला । अब नेपाली काङ्ग्रेस सहि दिशा, सहि कदम सहि आधार , सहि नेतृत्व सहि राय सुझाव आफनो पार्टीमा नहुने हो भने भोलिका दिनमा मनले अग्रज बनी आउँछ कुन वरियातमा रहन सक्छ ठेगान नहुने हुदां यस प्रति काङ्ग्रेसका उच्च नेताहरुको बिचार मनन हुन जरुर ठान्दछु । नेपाली काङ्ग्र्सले एमालेसङ्ग कुनै पनि साँठगाँठ गर्नुपर्नें छैन । अब आजै देखि ,अहिलेदेखि जनताका घरदैलो गरेर गल्ति भएका कुरामा माफ मागि अब गल्ति नगर्ने जनताप्रति नेपाली काङ्ग्रेस उत्तर दायित्व भई कार्य गर्नेछ भनि घरदैलो गर्नका लागि समेत म बिनम्रका साथ अनुरोध गर्दछु । अबका दिनमा मत मतान्तरवाट जोगिनु पर्ने नेपाली काङ्ग्रेसको मुल जड भएकोले सबैका लागि सधैंका लागि जय नेपालको नारा घन्कियोस् । काङ्ग्रेस बलियो भई अग्रगामि बाटो रोजि राज्य प्रति बफादारी बनी नयाँ सोचले अघि बढोस शुभ कामना जय नेपाल जय नेपाल ।।