स्वर्गीय ठुलोमामा रामप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली
मामा र गुरु मेरा हुन्
भुलुं कसरी अब
निशव्द भावनामा छु
सुनेथें मैले जब ।१
गुरुका बचनमा मैले
कहिल्यै उलङघन गरीन
उनका मायाँ ममता मनमा
लिन पछि सरीन ।२
निस्वार्थका थिए मनमा
भावना ठूलो थियो
उनका दिलले यहाँ आज
निशव्द बनाई दियो ।३
मामा पनि मेरा गुरु पनि
पबित्र मनका धनी
मायाँ ममता दिनमा
पछि नपर्ने उनी ।४
बिताए दुखमा सधै जिवन
खाएफकुटिर खेलि
गर्थे भलाई समाजमा
गरेनन् जाल झेलि ।५
देख्दैनौं शरीर अब त
केरुप तिम्रो भयोै
निस्कपट छल गरेर
छाडेर आज गयौ ।६
सुखको कामना छ मेरो
मट्टि बनायौ चोला
रुन्छिन संझेर प्रिया
कहाँ के गर्छौ होला ।७
हृदय रुपि त्यो मनले
गरेको मिठा बात
मायाँ ममता दिलमा
थियौ नि सबका साथ ।८
पुण्य छ तिमिमा सकल
हाम्रो शक्ति फेर्दछ
मायाँका खानिले छोड्यौ
अब कस्ले हेर्दछ ।९
आयौ पाहुना बन्यौ तिमि
मामा र भानिज भनी
हिजोसम्म थियौ बसेका
हृदय खानि बनी ।१०

को हुन्छ अजम्बरि त यहाँ
छोड्नै पर्ने यो चोला
कोहि जान्छन् ढिला भने
कसैको चाडों होला ।११
जाने त गयौ नि छोडेर।
हाँसि खुसिमा तन
तिम्रा शरीर ढडाउँन
कहाँ थियो र मन ।१२
लिहिनथ्यौ सयनमा
हल चल छैन तिमिमा
जल्दा चितामा किन
ईन्कार गरेनौ हामिमा।१३
नाता लगाई दियौ किन
निस्वार्थ भाव बोकि
हिड्यौ वेगले कहाँ अब
भन्न पाएनौ रोकि ।१४
मुढो त्यो शरिर क्षणमा
भष्मै भयो खरानी
मेरा स्वामि खोई भनी
सुर्तामा छिन परानि ।१५
छन् छोरा छोरी टुहुरा
नाता कुंडाई दियौ
ईश्वरमा रैनछ बिबेकता
मायाँ चुँडाई लियौ ।१६
किआमा कि मामा भन्छन्
हाम्रो गृहष्थि भव
सोच्ने र बुझ्ने मात्र हो
कहाँ पाईन्छ अब ।१७
जेछ त्यो नाता भावमा
सकिन्न अब बिर्सन
तिम्रा मायाँको झझल्को
खालि मनको तिर्सना ।१८
रित नै यस्तै हो यहाँ
मुठिभरको सास
आशा अरु छैननि तिमिमा
बैकुण्ठमा होस् बास ।१९