होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ
काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५५ मध्ये ३ पुरुष र २ महिलालाई छाडिएको छ ।
४९ जना पुरुष र १ जना महिलालाई छाड्न बाँकी छ । उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी २०१ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १८ थान नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ । तीमध्ये ११६ वटा दुई पांग्रे र १३ वटा गरी ५६ सवारी साधन छाडिएको एसपी बोहोराले जानकारी दिए ।