समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिल्कुलै गलत हो : अध्यक्ष ‘प्रचण्ड

काठमाडौं । शनिबार (चैत २) ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई आफू सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् । समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिल्कुलै गलत हो, उनले भने, हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीको प्रदर्शनपछि मात्र सक्रिय बनाइएको भन्ने कुरा पनि गलत भएको जिकिर गरे । यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको उनले बताए । समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन ।

समाजवादी मोर्चामा चार पार्टी नै रहेको उनले जानकारी दिए । पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनु हुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ, उनले भने, हामी चार पार्टी नै रहेका छौँ । यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरले एकपटक आत्मसमीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए । सोही उद्देश्य लिएर आफूहरू जनतासँग जोडिएको उनको भनाइ थियो । उनले विगतका त्रुटि सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादी मोर्चाको कार्यक्रम राजावादीको प्रदर्शनको जवाफ र कम्पनको कुरा नभएको बताए । केके त्रुटि विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्ने कुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो । यो कुनै रियाक्सन पनि होइन । सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन । गणतन्त्र पक्षधरसँग छलफल भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न र साथ दिने कुरा नगरेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *