काठमाडौँ मेडिकल कलेजका सर्वेसर्वा सांसद सुनिल शर्माको ताण्डव नृत्य- आधिकारिक ट्रेड युनियनका दुवै अफिस तोडफोड, नगद र जिन्सी सहित लाखौँको क्षति

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) मा कार्यरत स्वास्थ्य कर्मचारी युनियन र कर्मचारी युनियन स्वतन्त्र बिच ट्रेड युनियनलाई गतिविधि गर्न नदिने गरि शर्माले अनावश्यक विवाद निकालेर दुबै युनियनलाई कुल्चिने चेष्टा गरेका छन ।

युनियनका प्रतिनिधिहरूका अनुसार, कलेज प्रशासनले ट्रेड युनियन गतिविधिहरू सञ्चालन गर्न प्रदान गरिएको कार्यालयलाई बिना कुनै सूचना युनियनको कार्यालय तोडफोड गरी कार्यालयमा रहेको महत्त्वपूर्ण कागजात तथा नगद समेत लिई गई ट्रेड युनियन अधिकार माथि धावा बोल्ने कार्य भएको भन्दै दुवै युनियनका अध्यक्षहरूले आपत्ति जनाएका छन्। स्वास्थ्य कर्मचारी युनियनका अध्यक्ष सहकुल बस्नेत र स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विनोद घिमिरेले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले ट्रेड युनियन अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ- “आदरणीय कर्मचारी साथीहरू यस प्रतिष्ठानमा क्रियाशील कर्मचारी युनियनहरू काठमाण्डौं मेडिकल कलेज स्वास्थ्य कर्मचारी युनियन र काठमाडौँ मेडिकल कलेज कर्मचारी युनियन स्वतन्त्र विगत लामो समय देखी कर्मचारीहरूको हकहित लगायत कर्मचारीहरूको सेवा सुविधाको लागी समर्पित रहँदै श्रम ऐन बमोजिमका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छौँ। हामी युनियनहरूलाई स्थापनाकाल देखिनै संस्थाले युनियन कार्यालय उपलब्ध गराउँदै आएको र सोही कार्यालय वाट ट्रेड युनियनहरूले आफ्ना दैनिक गतिविधिहरू सञ्चालन गर्दै आएकोमा मिति २०८१।१२।०१ गतेको दिन अस्पताल व्यवस्थापन पक्षले युनियनलाई कुनै जानकारी समेत नगराई युनियनको कार्यालय तोडफोड गरी युनियनका महत्त्वपूर्ण कागजात र लेवी वाट सङ्कलन भएको रकम समेत लिई गई ट्रेड युनियन अधिकार माथि धावा बोल्ने कार्य भएको प्रति हामी दुवै युनियनहरूको गंभिर ध्यानाकर्षण भएको छ । संवैधानिक मौलिक हकको रूपमा रहेको ट्रेड युनियनको अधिकार प्रयोग गर्ने युनियन कार्यालय तोडफोड गरी युनियनका कागत पत्र र नगद समेत कब्जा गर्ने कार्यले अस्पताल व्यवस्थापनको निरङ्कुशता छलंग भएको छ । यस्तो अवस्थामा हामी सम्पूर्ण श्रमिक कर्मचारीहरूलाई युनियनका गतिविधिमा साथ दिन आग्रह गर्दछौ र व्यवस्थापन पक्षलाई कब्जा गरिएको युनियनका सामान र नगद यथावत् रूपमा कार्यालयमा राखी युनियनलाई जिम्मा लगाउन आग्रह गर्दछौ । अन्यथा बाध्य भई ट्रेड युनियन अधिकारको रक्षाका लागी सघर्षमा जान बाध्य हुने ब्यहोरा जानकारी गराउँछौ ।”

युनियन कब्जा गर्दा लेटर हेड र स्टाम्प समेत हामीसँग नरहेको जानकारी गराउँछौ । विज्ञप्तिमा भनिएको छ । दुवै युनियनले यथाशीघ्र युनियनको सम्पत्ति फिर्ता गर्न आग्रह गर्दै अन्यथा कानुनी कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

विज्ञप्ति

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *