प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध कोशीको ९ विकेटको शानदार जित

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा गण्डकीले दिएको मात्र ३२ रनको झिनो लक्ष्य कोशीले ८ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै जारी लिगमा पहिलो जित निकालेको हो ।

कोशीका लागि शकिब हकले नटआउट १६ रन बनाउँदा चिराग शाहले १० तथा सोनु अन्सारीले नटआउट ४ रन बनाए । बलिङतर्फ गण्डकीका सुवास भण्डारीले एक विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *