लक्ष्मी महिला सहकारीद्वारा नेतृत्व विकास तालिमको आयोजना
काठमाण्डौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले नेतृत्व विकास तालिमको आयोजना गरेको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु, विभिन्न समुहका लिडरहरु र कर्मचारीहरुको नेतृत्व विकास तालिम आयोजना गरेको हो । तालिम संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षता,संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक सोबिता थापा मगर र पुर्व अध्यक्ष तिर्थमाया श्रेष्ठ(प्रधान)को आतिथ्यता एवं सहकारी विज्ञ कुबेर निरौलाको सहजिकरणमा सम्मन्न भएको हो । तालिममा ८२ जना विभिन्न तवरका लिडरहरु सहभागि थिए । तालिममा सहजकर्ता निरौलाले संञ्चालक समिति,लेखा समिति,विभिन्न उप समिति,समुह लिडर एवं कर्मचारीहरुको छुटाछुटै काम कर्तव्य अधिकारी वारेमा प्रकाश पार्दै सबै संस्थाका सम्पुर्ण कार्यप्रति उत्तरदायिक भै कार्य सम्पन्न गर्नु पर्ने बताए ।
त्यस्तै हाल अध्यादेशमा उल्लेखित विषय,राष्ट्र बैकको निर्देशन लगायत सहकारी एन नियम र सजाय जरिवाना समेतको विषयलाई सम्पुर्ण सहभागीलाई जानकारी दिए । उनले विभिन्न समस्या, चुनौतीको बाबजुद पनि स्वस्थ र निरन्तर संस्था,स्थायी र मजबुद्ध संस्था,वित्तिय रुपमा मजबुद्ध संस्था र सदस्यहरुलाई सकरात्मक सन्देश जाने संस्था कसरी बनाउन सकिन्छ भन्ने जस्ता विषय रहेको जनाए । संस्थाका सचिव सकुन्तला श्रेष्ठको उदघोषणमा संस्थाका पुर्व एवं संस्थापक अध्यक्ष तिर्थमाया प्रधानद्धारा संस्थाको इतिहास र वर्तमान स्थितीलाई तुलना गर्दै आगामी दिनको चुनौतीलाई सबै जना मिलेर सामना गर्नु पर्ने बताइन् । संस्थाकी अध्यक्ष श्रेष्ठले संस्थाका हरेक क्रियाकलापमा निरन्तर साथ सहयोग दिन आग्रह गरिन् ।