सिद्धार्थ बैंकद्वारा टपअप-फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ अभियान

काठमाडौं । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा टपअप-फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौँ नामक अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । बम्पर उपहार आईफोन १६ रहेको छ । यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ । मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० को मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् । यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु। १०० को मोबाइल टपअप जित्न सक्नुहुनेछ । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *