काठमाडौं महानगरले सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न,नगराउन आग्रह गरेको छ । कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगर कार्यालयमा आएको भन्दै नियमावली विपरीत विद्यार्थी भर्ना नगराउन सचेत गराएको हो ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने भन्दै विद्यालयहरूलाई सचेत गराएको हो । महानगरले कसैले नियमावली विपरीत विद्यार्थी भर्ना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *