नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले मंगलबार अपराहन्न २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरि बैठक बोलाएका हुन् । बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएको अवस्थालाई हेरेर प्रमुख दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
अहिले व्यवस्थामाथि नै चूनौति दिन थालिएको भन्दै गणतन्त्र पक्षधरहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने हल्लापनि चलाईएपछि सत्ता र प्रतिपक्षमा रहेका दलहरु लगातार छलफलमा रहेका छन् ।