प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।

नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । आइजिपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपी नियुक्त गर्ने बताइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *