राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी बोलाइएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा गम्भीर छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
एक्ला–एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबैसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।