जुनसुकै ब्रान्डको गाडीसँग टाटा गाडी साट्ने ‘कलरफुल एक्स्चेन्ज’ ६ चैतसम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले सञ्चालन गरिरहेको ‘कलरफुल एक्स्चेन्ज’ बुधबारसम्म जारी रहने छ । एक्स्चेन्ज कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडी टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी (ईभी) सँग साट्न सकिने सिप्रदीले जनाएको छ । यो एक्स्चेन्ज क्याम्प १९ मार्च (६ चैत) सम्म टाटा मोटर्सको देशैभरि रहेका शोरुममा आयोजना भइरहेको छ ।

एक्स्चेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेभलमा नेपालमा सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटको एसयुभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेका लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिल पाउन सक्नेछन् । कलरफुल एक्स्चेन्जमा गाडी किन्ने ग्राहकले आकर्षक ए बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एसेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्ने सिप्रदीले जनाएको छ । कार्यक्रमका अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *