शेयर बजार लगातार तेस्रो दिन पनि घट्यो
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । नेप्से आज ७ दशमलव ६६ अंकले घटेर २ हजार ६ सय ९७ दशमलव ०४ विन्दुमा झरेको छ ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि गएको पुस २८ गते ३ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।