नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू( ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ बारे तालिम दिइएको हो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ ।

यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास बैंकको छ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी अभ्यासहरूबारे तालिममा बताइएको थियो । तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए । तालिममा सहभागीहरूले वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा जान्ने मौका पाएका थिए । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *