नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।