आईएमई लाइफ इन्स्योरेन्सलाई आईएसओ ९००१ : २०१५ मान्यता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओद्वारा प्रदान गरिने आईएसओ ९००१ : २०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन गरिएको बताउँछ ।

उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरूमध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनीयता बढ्नुका साथै कर्मचारी र अभिकर्तामा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने ऊर्जा थपेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा आईएमई लाइफ लागिरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *