ओमोडा एन्ड जेकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव
काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा ‘ओमोडा एन्ड जेको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाईल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको मुख्य उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ‘ओमोडा एन्ड जेइकोले छोटो समयमै नेपाली आम ग्राहकको मन जित्न सफल भएको छ । यो सफलता ग्राहकहरूले हामीप्रति गरेको असीम विश्वास हो । यस विश्वासलाई आत्मसात गर्दै संधै गुणस्तरीय सेवा उपलब्ध गराउन ओमोडा एन्ड जेइको परिवार प्रतिबद्ध छ।’ कम्पनीले हिजै जेको जे फाइभ र जेको भी ट्वान्टी थ्रीलाई जोड्दै नेपालमा सार्वजनिक गर्ने योजना पनि घोषणा गरेको छ ।
साथै पहिलो वार्षिकोत्सवको अवसरमा एसपीजी अटोमोबाइल्सले नयाँ ग्राहकहरूका लागि वार्षिकोत्सव विशेष अफर पनि घोषणा गरेको छ । अफरमा ५५ लाख ९९ हजारबाट सुरु हुने ओमोडा एन्ड जेइको सवारीसाधनहरू ५ लाख १५ हजार रुपैयाँसम्मका विभिन्न फाइदा, १ वर्षको निःशुल्क बीमा र निःशुल्क ७ किलोवाटको चार्जर समावेश छन् । साथै ग्राहकहरूले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको लामो वारेन्टीका साथै १ वर्षको निःशुल्क सडक करबाट लाभ उठाउन सक्नेछन् । २०२४ को फेब्रुअरीमा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेकोले बजारमा ८०० भन्दा बढी युनिट बिक्री गरिसकेको छ । हाल एसपीजी अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ–फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेको जे(सिक्स अफरोड एसयुभीको गाडी बिक्री गर्दै आएको छ । ओमोडा एन्ड जेइकोको देशभर १७ वटा शोरुम तथा ३० भन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसकेको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेको अटोमोबाइल्सको लागि नेपालको आधिकारिक वितरक हो ।