दीपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा
काठमाडौं । नेपालका लागि दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दीपल इभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने छ । यो स्किमअन्तर्गत अब दीपलका ईभीहरू मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । दीपलको प्रिमियम इभीहरु एल ०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस ०७ एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिनेछ ।
यसका अलावा ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनेछन् । ग्राहकले फ्युचरिक दीपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य शोरूमलगायत देशभरका डिलरहरूमा समेत लागू हुन्छ । यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागू हुनेछ । हालसम्म नेपालमा आठ सयभन्दा बढी दफपल ईभी डेलिभरी भइसकेका छन् ।