परराष्ट्र मन्त्री राणा भारत भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।
उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते भारत गएर आज शुक्रवार स्वदेश फर्किएकी हुन् । भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा.एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीहरु लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
भारत भ्रमणमा रहँदा मन्त्री राणाले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गेलसँगको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरताका लागि आग्रह गरेकी थिइन् । त्यसक्रममा हमासले बन्धक बनाएका विपिन जोशीको रिहा तथा एमसीसीबारे पनि कुराकानी भएको जनाइएको छ ।