अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित
जनकपुरधाम । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धाकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो । विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । पालिका अध्यक्ष पक्राउपरेपछि तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष शिवजी यादवका छोरासहित केही स्थानीयहरु राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए ।
त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् । उनका छोराछोरीहरु राति औरहीचौकीमा शरण लिएका छन् । ‘साँझ पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरुसहित आएर धाकधम्की र गालीगलोज गरे । मेरी श्रीमती अनितालाई हिंड्न दबाब दिए । अनुसरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा आइन् । म पनि यतै बसेको छु’,उनले भने, ‘मेरोबालबच्चा औरही प्रहरीचोकीमा राति बिताए ।