सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा होटल मिरावल धुलिखेलमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० तथा आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९र०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०।०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरीक्षण सम्पन्न गर्न कम्पनी ऐन २०७३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको वाह्य लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण सम्पन्न गर्न बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने हालका लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालक भरतबहादुर कार्कीको नियुक्तिलाई अनुमोदन गर्ने, निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पूँजी १२० करोड रूपैयाँ पूरा गर्न हाल कायम रहेको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *