आज नेपालले मलेसियाविरुद्ध खेल्दै
काठमाडौँ । एएफसी एसियन कप २०२७ छनोटको समूह एफमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै छ ।
मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७: ४५ बजे खेल सुरु हुने छ ।
फिफा वरीयताको १७५औं स्थानमा रहेको नेपालले १३२औं स्थानको मलेसियाको सामना गर्न लागेको हो । यसअघि मलेसियासँग भएका सात खेलमा नेपालले कुनै खेलमा जित हासिल गर्न सकेको छैन । अन्तिम पटक सन् २०१९ मा नेपाल २-० ले पराजित भएको थियो ।
सन् १९८३ मा नेपालले मलेसियासँग ७-० गोल अन्तरको फराकिलो हार बेहोरेको थियो ।