कुलमानलाई हटाउने निर्णय कायरताभित्रको दम्भ: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ ।

कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै उनीहरूले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको बक्यौता उद्योगहरूबाट उठाउन माग गरे । त्यसका लागि सार्वजनिक लेखा समितिलाई निर्णय गर्न उनीहरूले सुझाव दिए । सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता सम्बन्धी विषय राजनीति र सत्ताको आडमा लेखा समितिमा पेण्डिङमा भएको भन्दै समितिको औपचारिक निर्णय माग गरे ।

तत्काल अर्को बैठकको मिति तोक्न र सो बैठकबाट निर्णय गर्नुपर्ने बताउँदै झाले भने, ‘औपचारिक रूपमा कुनै स्टेटमेन्ट चाहियो, चाहियो । समितिबाट बक्यौताको निर्णय चाहिन्छ हामीलाई । अब कहिले बैठक बस्छ? आज नै मिति तोकियोस् ।’ अर्का सांसद हरि ढकालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर टिप्पणी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *