कुलमानलाई हटाएकोप्रति कोइरालाको प्रतिक्रिया– ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि यस विषयमा मुख खोलेका छन् । उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । उनले लेखेका छन्– कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? ‘विनाशकाले विपरीत बुद्धि’ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *