प्रधानमन्त्री कप- मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो । १०३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भएको हो। सुदूरका लागि हेमन्त धामीले मात्र दोहोरो अंकमा रन बनाए । उनले ३३ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे । मधेशका लागि विशाल पटेलले सर्वाधिक ६ विकेट लिए। उनले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चिए। प्रदिप पाश्वानले ३ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको मधेशका लागि प्रदिप पाश्वाले सर्वाधिक २३ रन बनाउँदै अविजित रहे। उनले ५२ बलमा ३ चौका प्रहार गरे। दिपेश दासले १२, पवन दासले १९ र रुपेश सिंहले १२ रन बनाए। सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामी र शेर मल्लले समान ४–४ विकेट लिए। नारायण जोशी र विकाश आग्रीले १–१ विकेट लिए।