मेयर बालेनलाई कानुनी कठघरामा उभ्याउन एमाले युवा संघको माग

काठमाडौँ । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू दिएको भन्दै बालेनलाई कानुनी कठघरामा उभ्याउन माग गरेको हो ।

सस्तो लोकप्रियताका लागि मेयर शाहले सामाजिक सञ्जालमा समाजलाई भड्काउने अभिव्यक्ति दिएको भन्दै युवा संघले उनलाई कानुनी कारबाही गर्न माग गरेको हो। ‘तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौँ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकाय सँग जोडदार माग गर्दछौँ,’ युवा संघको काठमाडौँ महानगर कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेयर शाहले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महानगरका कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै अबको एक हप्तामा उनीहरूले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *