सुनको मुल्य तोलामा आठ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले घटेर तोलाको एक लाख ७३ हजार ३ सयमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी १९८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १९८० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *