माछापुच्छ्रे बैंकले भव्य रूपमा मनायो ‘ग्लोबल मनि विक २०२५’
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाउने ‘ग्लोबल मनि विक २०२५’ माछापुच्छ्रे बैंकले भव्य रूपमा मनाएको छ । यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेको थियो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तक्रिया कार्यक्रमको आयोजना गरी ग्लोबल मनि विक मनाएको हो । माछापुच्छ्रे बैंकले आम ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो ।