होटल व्यवसायी महासंघको वार्षिक साधारणसभा चैत्र १६ गते हुदैं
काठमाडौं । होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा यही चैत्र १६ गते शनिबार काठमाडौंमा हुने भएको छ । महासंघका अनुसार साधारणसभा होटल क्रिष्टल पशुपति, गौशला (पिंगलास्थान) मा हुने भएको छ । साधारणसभामा प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिति रहने महासंघले जनाएको छ। त्यस्तै, बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनोदप्रकाश सिंह, काठमाडौं महानगरपालीकाका उप मेयर सुनिता डँगोल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलगायत उपस्थिति रहने छ । साथै साधारण सभामा देशैभरिका आवद्ध प्रदेश संघहरू, ५७ जिल्लाका ९७ संघहरूबाट करिब ३ सय प्रतिनिधिको सहभागी रहने छ । साधारणसभा अघि अर्थात चैत्र १५ गते महासंघको सचिवालय र केन्द्रीय कार्यसमिति बैठक आयोजना हुने महासंघका अध्यक्ष दिनेशकुमार चुकेले बताए । पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभइरहेको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिए । यसैगरी, पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्नेसम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम छ । साधारणसभाले देशैभरका आवद्ध विभिन्न पदाधिकारी उपस्थित हुने भएकाले आन्तारिक पर्यटन प्रवर्द्धनको लागि के कस्ता कार्यक्रम लिएर अगाडि बढाउने, कर्मचारी र व्यवसायीबीच नै तालिमलाई प्रभावकारी बनाउने र होटल व्यवसायले स्थानीय उत्पादनलाई कसरी प्रवद्र्धन बढाउने विषयमा साधारणसभा केन्द्रीत हुने अध्यक्ष चुकले जानकारी दिए । महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् । होटल व्यवसायीहरू पारिवारिक रूपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएको महासंघले जनाएको छ । त्यसैगरी, तलब तथा सुविधामा २० अर्व रुपैयाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा पाइरहेका छन् । होटल क्षेत्रले वार्षिक ६ खर्ब ६० करोड कारोबार गर्दै आएकोमा नेपाल सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष कर वापत ६० अर्ब बुभाउँदै आएको महासंघले जनाएको छ । नेपालको अर्थतनत्रमा होटल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याइरहेको आइरहेको भएपनि यस क्षेत्रले राखेका मागहरूको भने सरकारले वेवास्ता गर्दै आइरहेको संघका अध्यक्ष चुकेले बताए । उनले भने, ‘हामीले पटक पटक सरकारसँग आवश्यक सल्लाहसहित हाम्रा मागहरू राख्दै आएका छौं । आवश्यक सहकार्य तथा प्रस्तुत गरिएको सुझाव, सल्लाहहरूलाई कार्यान्वयन पक्षमा सरकारले वेवस्ता गर्दै आएको छ । हामीले साधारणसभामा यो क्षेत्रसँग सम्बन्धित मागहरू उठाएर सरकारलाई घच्घच्याउने प्रयास गर्दैछौं । महासंघका अनुसार पर्यटन ऐन, पर्यटन नीति व्यवसायीमूखी नभएको, वार्षिक वजेटहरु पर्यटन विकास विनियोजित रूपमा रहेता पनि महासंघको धारणाअनुरूप पर्यटन प्रवद्र्धनमा सही बजेट नभएको हुँदा बजेट व्यवस्थापन र तालिमहरुको व्यवस्था गर्न माग गरेको छ। होटल व्यवसायी महासंघ देशैभरि छरिएर रहेका साना, मझौला र ठुला होटल, रेष्टुरेण्ट, व्याड्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफेलगायत फुड एण्ड अकोमोडेसन सेवाको क्षेत्रमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संस्था हो । यो गैरनाफामूलक राष्ट्रिय स्तरको सामाजिक संस्था पनि हो ।
विंस २०६८ सालमा स्थापना भएको यस संस्थाले वैधानिकताको साथ आफ्नो विधानले निर्दिष्ठ गरेको नेपालको पर्यटन क्षेत्र, त्यसमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित संरक्षणका लागि विभिन्न निकायहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संघले जनाएको छ । देशैभरका ७७ वटै जिल्लामा रहेका करिब २ लाख भन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसारीहरूको छाता संस्थाले संघीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न मन्त्रालयहरू, प्रदेश सरकार एवम् पर्यटन मन्त्रालय, स्थानीय सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ। साथै संघले व्यवसायीको हकहित संरक्षण, रोजगारी सिर्जना, गरिबी निवारण तथा वैदेशिक मुद्रा आर्जनको प्रमुख क्षेत्रको रुपमासम्बद्ध निकायहरूसँगको साथ, सहयोग, समर्थन र सहजीकरण गर्दै आइरहेको अध्यक्ष चुकले बताए । देशैभर एक स्थानबाट अर्को स्थानमा हवाईस्थल मार्गबाट दैनिक ४र५ लाख यात्रुहरू आउने जाने गरेको अवस्थामा महासंघसँग आवद्ध हरेक स्तरको होटलहरूले पर्यटकलाई सेवा दिइरहेको छ । व्यावसायीक तथा पर्यटन प्रवर्द्धनको हिसावले महासंघको होटल, रेष्टुरेण्टहरूले तराई, पहाड, हिमाली क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेको धारणा राखेको छ ।