तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु
काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ ।
राष्ट्रिय झन्डा बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।
काठमाडौं उपत्यकामा आज ३५ सय प्रहरी परिचालन हुँदैछन् । आज बिहानदेखी उपत्यकामा प्रहरीको व्यापक सक्रियता बढेको छ । काठमाडौं उपत्यकामा बिहानै देखी प्रहरी सुरक्षा कडा पारिएको छ ।