तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार
काठमाडौं । सरकारले पूर्वराजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
साथे सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ । आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिउको मन्त्री गुरुङले बताए ।