तीनकुने हिंसाको जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ‘तीनकुने हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी गराए । अराजक अवस्था देखाइयो ।
त्यसमा समीक्षा गरेर हिजोको घटनालाई गम्भीर भन्दै भ्रत्सना गरेका छौँ । निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ। जहाँ जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ । अन्य कैयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ उहाँले नै समिति गठन गर्नुभएको हो । त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्ने भएको छ ।