भबिष्य साकोसको खुल्ला रक्तदान कार्यक्रम,२०८२ सालको भित्तेपात्रो बिमोचन

भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाले ६८ ओैं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा मेट्रो ब्लड बैंकको प्राबिधिक सहयोगमा तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र केसीको उपस्थितमा संस्थाको पाँचौ पटकको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । आशन ग्रहणपछि सभापति,प्रमुख अतिथि,सल्लाहकारहरु तथा मेट्रो ब्लड बैकबाट आउनु हुने प्रतिनिधि लगायत मञ्चमा आशिन सबैलाई कर्मचारी उर्मिला भटराईले खादा लगाई स्वागत गर्नुभएको थियो । आसन ग्रहण पछि राष्टियगानवाट कार्यक्रम सुरु भएको थियो । प्रमुख अतिथि दिपेन्द्र केसिले पानसमा बत्ती बालेर कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।

साथै संस्थाले सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न गरेको यो पाचौं पटक हो । साथै संस्थाले गत बर्ष झै यसवर्ष पनि २०८२ सालको भित्तेपात्रो प्रमुख अतिथि तथा सुर्यबिनायक नगरपालिका वड न ३ का वडा अध्यक्ष दिपेन्द्र केसीले बिमोचन गर्नु भएको थियो । उपस्थित सवैलाई २०८२सालको भित्तेपात्रो पनि बितरण गरीएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठ,सल्लाहकार, राजकुमार कार्की , लालबहादुर खडकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गङ्गाराम श्रेष्ठ,बलराम खडका, हिराकृष्ण माडी श्रेष्ठ,अनिता भट्टराई ,तोेक बहादुर श्रेष्ठ,गणेशप्रसाद ढुङ्गेल,पुण्यबहादुर,सिलवाल, गणेश गौतम,सुदिप दवाडी ,भक्तबहादुर च्वामु, शान्तिराम वलि,यसोदा पराजुलि ,सुनिता केसी साबित्री श्रेष्ठ कार्की,बिनिता अधिकारी,अम्बिका खडका,लिलादेवी गौतम,उर्मिला पोख्रेल, पार्ता दाहाल,सुनिता श्रेष्ठ लगायत संस्थाका उप समितिका सम्पूर्ण साथिहरुले आ आफ्नो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा व्यबस्थापन सरस्वती घिमिरे र लक्ष्मीपुष्पा भट्टराईले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन बिश्र्वनाथ ढुङ्गेलले गर्नु भएको थियो । खुल्ला रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न भएकोले सञ्चालक समितिका साथिहरु, उप समितिकासाथिहरु लगायत मेट्रो बैकबाट पाल्नु भई जुन किसिमले सेवा दिनु भयो सवैलाई धन्यबादद दिदै कार्यक्रम समापन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *