निर्मल निवासद्वारा महानगरको पत्र बुझ्न अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काटेको जरिवानाको पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ ।

जरिवानाको पत्र लिएर गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । महानगरले विभिन्न ८ वटा पत्र काटेर महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो । महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, दमकल तोडफोड गरेकोमा १ लाख ३० हजार र नकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेकोमा ६३ हजार जरिवानाको पत्र काटेको छ ।

ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *