महानगरको जिद्धिपन : निर्मल निवासलाई हुलाकमार्फत पत्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पत्र पठाएको छ ।

महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत पठाएको पुष्टि गरेका हुन । उनले भने, शाहको जरिवानाको पत्र बुझ्न निर्मल निवासले मानेन, हाम्रो टोलीलाई भित्र जानै दिएन’, उनले भने, ‘त्यहाँबाट फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ, ।

महानगरले गत शुक्रवार तीनकुने क्षेत्रमा भएको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *